प्रहरीको नियन्त्रणबाट भागेका बलात्कार आरोपी युवक पोखरामा पक्राउ

पोखरा न्यूज । जबरजस्ती करणीको आरोपमा पक्राउ परी प्रहरी नियन्त्रणबाटै भाग्न सफल भएका एक युवक पोखरामा पक्राउ परेका छन् ।

प्रहरीले अस्पतालबाट पीसीआर परीक्षण गराई फर्किने क्रममा काठमाडौँको न्युरोडको भएको ट्राफिक जामको मौका छोपेर प्रहरीको गाडीबाटै भागेका २४ वर्षीय निर्मल परियार बिहीबार पोखरामा पक्राउ परेका हुन् ।

झन्डै ६ साता अघि काठमाण्डौबाट फरार भएका परियारको खोजी कार्य तीव्र पारिएकोमा महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले बिहीबार पोखरा ३० गगनगौंडाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, एसएसपी अशोक सिंहले पोखरा न्यूजलाई बताउनुभयो ।

जबरजस्ती करणी सम्बन्धी मुद्दामा म्याद थपको क्रममा अदालत लैजादै गर्दा भागेका परियार पक्राउ परेसँगै महानगरीय प्रहरी वृत्त जनसेवामा ल्याई जबरजस्ती करणी लगायतका मुद्दामा म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button