पोखरा २२ स्थित सडकमा यात्रुबाहक बस चिप्लिएपछि….

पोखरा न्यूज । पोखरा महानगरपालिका -२२ पुम्दी भुम्दीमा बिहीबार गाडी दुर्घटना हुनबाट जोगिएको छ ।

बिहीबार दिउसो सडकबाट चिप्लिएको पुम्दी भुम्दी तारे भिर चल्ने ग १ ख ३१०४ नम्बरको यात्रुवाहक बसलाई ठुलो दुर्घटना हुनबाट सडक छेउमा रहेको ढुङ्गाको पर्खालले जोगाएको स्थानीय हिमाल केसीले जानकारी दिनुभयो ।

भुम्दीबाट यात्रु बोकेर हिँडेको उक्त बस बिहीबार दिउसो करिब १:३० बजे च्याल्खुको डाँडा नजिकैको स्थानमा ठुलो दुर्घटना हुनबाट जोगिएको पोखरा २२ का वडा सदस्य मात्रिका बरालले बताउनुभयो ।

‘छेउमा रहेको पर्खालका कारण अलिकतिले मात्र गाडी पल्टिनबाट जोगिएको छ’, वडा सदस्य मात्रिका बरालले भन्नुभयो ‘नत्र दुर्घटना स्थलमा हेर्दा त ठुलो क्षति हुने जस्तो देखिएको छ ।’

बसमा सवार सबै सुरक्षित रहेको र दुर्घटनामा परेको गाडीलाई एक्स्काभेटर सहायताले निकालिएको बरालले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button