युआरएलमा असोजभर टिजी सित्तैमा, जाँचमा ३० प्रतिशत छुट

पाेखरा न्यूज । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) ले चाडपर्व लक्षित फेस्टिभल अफर सार्वजनिक गरेको जनाएकाे छ ।

अफरमा असोज महिनाभर रगतमा हुने खराब बोसो(टिजी) सित्तैमा जाँच गरिनेछ भने अरु सबै प्रकारका रक्तजाँच र होलबडीका प्याकेजमा समेत ३० प्रतिशत छुट दिइएको अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिनुभएकाे छ ।

यो अफर युआरएलको प्रधान कार्यालय सभागृहचोक, गिरी कम्प्लेक्ससहित शाखा कार्यालय हस्पिटलचोकसहित युआरएल दुलेगौंडा, दमौली, बेशीसहर र वालिङमा समेत उपलब्ध रहेकाे जनाइएकाे छ । विश्वकै सर्वाेत्कृष्ट प्रविधि, उत्कृष्ट मेसिन र दक्ष जनशक्तिबाट सेवा दिइरहेको युआरएलले चाडपर्वका बेला ग्राहकलाई उपहारस्वरुप योजना ल्याएको अर्थ निर्देशक गणेश कोइरालाले बताउनु भएकाे हाे ।

महामारीका बेला स्वास्थ्य मापदण्ड पूरा गर्दै युआरएल गण्डकी प्रदेशलाई रक्त परीक्षणमा अत्मनिर्भर बनाउन लागिपरेको निर्देशक सन्दी अर्यालकाे भनाइ छ ।

हालसम्म ४ लाखभन्दा बढीलाई सेवा दिइसकेको युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सयभन्दा बढी स्वास्थ्य शिविर र सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button