एमाले बैठकमा वामदेवलाई निम्तो, तर अनुपस्थित

पाेखरा न्यूज । नेकपा एमाले उपाध्यक्षबाट राजीनामा दिनुभएका नेता वामदेव गौतमलाई एमालेले जारी केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन निम्तो गरेको छ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार उहाँलाई मोबाइलमा म्यासेज र फोन गरेर बैठकमा आउनु भनिएको छ । यसअघि बसेको स्थायी कमिटी बैठकमा पनि उहाँलाई बोलाइएको थियो । तर उहाँ सहभागी हुनुभएकाे थिएन ।

गौतमले दिएको राजीनामा स्वीकृत भइनसकेको र निर्वाचन आयोगको अभिलेखमा समेत गौतमको पद कायम रहेका कारण केन्द्रीय कमिटी बैठकमा समेत उनलाई बोलाइएको तामाङले जानकारी दिनुभएकाे छ ।

बैठकमा बोलाइए पनि उहाँ सहभागी भने हुनु भएकाे छैन । एमालेले विधान महाधिवेशनमा भने गौतम सहभागी हुने अपेक्षा गरेको छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको पदाधिकारी चयनमा गौतमको नाम नपरेपछि उत्साही भएको एमालेले गौतमले राजीनामा फिर्ता लिने दाबी गर्दै आएको छ ।

तर गौतम भने एमाले अध्यक्ष केपी ओलीको कार्यशैली र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) ले अंगाल्ने सैद्धान्तिक लाइनप्रति असन्तुष्ट हुनुहुन्छ । उहाँनिकट नेताहरूसमेत नेकपा (एस)को पदाधिकारीमा अटाउनु भएकाे छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button