दशैंलक्षित गरेर बढ्यो भाडा, पोखराबाट कहाँ पुग्न कति लाग्छ ?

पाेखरा न्यूज । सरकारले दशैंलक्षित गरेर ११ असोजदेखि लागू हुनेगरी सवारीसाधनको भाडादर निर्धारण गरेको छ ।

निर्धारित भाडादरअनुसार अब पोखराबाट काठमाडौं यात्रा गर्दा ५३७ रुपैया तिर्नुपर्ने हुन्छ । यस अघि यो रुटमा भाडादर ४२८ कायम थियो ।

पोखरादेखि  नारायणगढको १२७ किलोमिटर दुरीको यात्रालाई  ३३५ रुपैया तथा पोखराबाट नारायणगढ हुँदै महेन्द्रनगरको ७२६ किलोमिटर दुरीको यात्रालाई १७३९ रुपैया तिर्नुपर्छ ।

पोखरा – भैरहवा सुनौलीको  यात्रा गर्दा ५६६  रुपैयाँ तिर्नुपर्छ । त्यसैगरी काठमाडौं-पोखरा -वालिङ हुँदै भैरहवाको ११०० रुपैयाँ तिर्नुपर्छ ।

सरकारले दशैंका लागि लामो दूरीका यातायतमा ११ असोजदेखि नै अग्रिम बुकिङ खोल्ने निर्णयसमेत गरेको छ ।

हेर्नुहोस् पोखराबाट कहाँ पुग्न कति लाग्छ :

टेबलमा क्रमशः ठाउँ , दुरी, पहिलेको भाडा र हालको भाडा 

यस अघि भूलवश पुरानो भाडादरको टेबल परेकोमा सच्याइएको छ । सम्पादक

यो पनि हेर्नुहोस् : दशैंको गाडीभाडा : कहाँ पुग्न कति लाग्छ ? (हेर्नुहोस् भाडादर)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button