कोभिडले वेलायती पुरुषको औसत आयु घट्यो

पाेखरा न्यूज । वेलायती पुरुषको औसत आयु घटेको छ । पछिल्लो चालिस वर्षमा पहिलो पटक वेलायती पुरुषको औसत आयु घटेको हो । ‘कोभिड महामारीका कारण पछिल्लो चालीस वर्षपछि पहिलो पटक वेलायती पुरुषको आयु घटेको हो,’ वेलायतको राष्ट्रिय तथ्यांक कार्यलयका पामेला कोबले भन्नुभएकाे छ । तर, महिलाको औसत आयुमा भने कुनै परिवर्तन नभएको कार्यलयले जनाएको छ ।

कोभिड महामारीअगाडि जन्मिएका बालकको औसत आयु ७९ दशमलब २ वर्ष थियो भने कोभिडको समयमा जन्मिनेको बालकको औसत आयु ७० वर्ष छ । तर, महामारी रोकिएपछि औसत आयुमा पनि परिवर्तन हुने अनुमान गरिएको छ ।

‘अहिले भइरहेको पुरुषको मृत्युदरलाई आधार मानेर हामीले यस्तो निस्कर्ष निकालेका हौं,’ कोबले भन्नुभएकाे छ, ‘कोरोनाभाइरस महामारी सकिएसँगै मृत्युदरमा पनि परिवर्तन हुन्छ । ’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button