पोखरामा कुकुर पाल्नेले शुल्क तिरेर दर्ता गर्नुपर्ने

पोखरा न्यूज । पोखरा महानगरपालिका भित्र कुकर पाल्ने व्यक्तिले अव दर्ता गर्नुपर्ने भएको छ ।

महानगरमा कुकुर पालेर छाडा छाड्ने तथा सार्वजनिक ठाउँमा दिसा पिसाब गराउने गरेको गुनासो बढेपछि दर्ता प्रक्रिया शुरु गराइएको महानगरका प्रवक्ता धन बहादुर नेपालीले बताउनुभयो ।

हाल पशु महाशाखा सँगको सहकार्यमा पोखरा महानगरको वडा नम्बर ८ बाट दर्ता प्रक्रिया अघि बढाइएको र लगत्तै महानगरका सम्पूर्ण वडामा सो कार्य शुरु गरिने प्रवक्ता नेपालीको भनाई छ ।

कुकर दर्ताको लागि धनीले प्रति कुकुरको एक सय रुपैयाँ बुझाउनुपर्ने उहाँले बताउनुभयो । सय रुपैयाँ तिरेर दर्ता गरेपछि रेबिज विरुद्धको खोप र रु २०० पर्ने बेल्ट नि: शुल्क प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

‘कुकुर पाल्नेले छाडा छाड्दा सडक दुर्घटना लगायतका समस्या भएका छन् त्यसमाथि सार्वजनिक ठाउँमै दिसा पिसाब गराउँदै हिँड्दा वातावरणमा नराम्रो असर परेको छ’, प्रवक्ता नेपालीले पोखरा न्यूजसँग भन्नुभयो ‘ हामीले यस्तो समस्याको निराकरण गर्दै कुकर धनीलाई समाजप्रति उत्तरदायी बनाउन यो अभियान शुरु गरेका हौँ ।’

महानगरको वडा नम्बर ८ मा बिहीबार उपप्रमुख मञ्जु देवी गुरुङले कार्यक्रमको शुरुवात गरेको वडाध्यक्ष रुद्र बरालले जानकारी दिनुभयो । दर्ता सँगै निःशुल्क रूपमा रेबिज विरुद्धको खोप र पोखरा महानगरपालिका वडा नम्बर ८ लेखिएको बेल्ट प्रदान गरिएको वडाध्यक्ष बरालले बताउनुभयो ।

कार्यक्रमको पहिलो चरणमा सम्पूर्ण कुकुरको दर्ता प्रक्रिया अघि बढाइने र दोस्रो चरणमा कुकुर सडकमा छाडा छोड्ने तथा जथाभाबी दिसा पिसाब गराउँदै हिँड्ने धनीलाई ५ देखि १५ हजारसम्म जरिवाना लगाइने उहाँले बताउनुभयो ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. This is a very good approach.This will definitely control the starry छोडुवा dogs! It also needed to be tagged like chipped so it will be easily recognised if its vaccinated and who belongs it and not harmful for public etc.
    If we do have proper government dog kennel to collect starry dogs to feed, vaccinated and give who really want to own one and of course to control birth of unwanted pups too!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button