एमालेमा फेरि बल्झियो १० बुँदे विवाद

  • पोखरा न्यूज
  • २०७८ आश्विन ८
एमालेमा फेरि बल्झियो १० बुँदे विवाद

पाेखरा न्यूज । पार्टी विभाजन रोक्न असन्तुष्ट नेताहरूसँग नेकपा एमालेकाे संस्थापन पक्षले गरेको १० बुँदे सहमति विवाद केन्द्रीय कमिटी बैठकमा सतहमा आएको छ ।

पार्टीका सबै संरचनालाई माओवादी केन्द्रसँग एकता हुनुअघिको अवस्था (२ जेठ २०७५) मा फर्काउने सहमति र माओवादी छाडेर आएका नेतासँगको सहमति कार्यान्वयन नभएको भन्दै नेता प्रभु साहले फरक मत राखेलगत्तै युवा पुस्ताका नेताहरूले १० बुँदेलाई लिएर बैठक बहिष्कारसम्मको चेतावनी दिनु भएकाे छ ।

आगामी विधान महाधिवेशनमा पेस हुने विधान, राजनीतिक र संगठनिक प्रतिवेदन अनुमोदन गर्न बसेको बैठकमा १० बुँदे कार्यान्वयनको माग राख्दै सो सहमतिमार्फत एमालेमै फर्किएका नेताहरूले असन्तुष्टि जनाउनु भएकाे हाे ।

सहमतिअनुसार एमालेका अधिकांश प्रदेश र जिल्ला कमिटी २ जेठअघिको अवस्थामा फर्किए पनि सुदूरपश्चिम र बागमती प्रदेश कमिटी सो अवस्थामा फर्किन सकेका छैनन् ।

१० बुँदे सहमितिअनुसार एमालेमै रहने निर्णय गर्नुभएका ११ जना स्थायी कमिटी सदस्य र उहाँहरू निकटका केन्द्रीय सदस्यले १० बुँदे हुबहु कार्यान्वयन नभए बैठकमा नबस्ने बताए पनि अध्यक्ष केपी ओलीले भने स्थायी कमिटी बैठक बसेर टुंगो लगाइने बताउनु भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभएकाे छ ।

तर असन्तुष्ट नेताहरूले भने दुईवटा प्रदेशमा देखिएको विवाद समाधान नभए संघर्षमा उत्रने चेतावनी दिनु भएकाे छ । बैठकमा खटपट भएपछि असन्तुष्ट पक्षका नेता भीम रावलले संस्थापन पक्षका नेताहरूसँग बैठककै बीचमा सहमतिका लागि भन्दै बेग्लै छलफल थालेको ती नेताको भनाइ छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस