कक्षा १२ लाई करिश्मा मानन्धरको गुडबाई

पाेखरा न्यूज । अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा सक्नुभएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले ३० भदौदेखि कक्षा १२ को परीक्षा लिएको थियो । तालिकाअनुसार शुक्रबार कक्षा १२ को सबै परीक्षा सकिएको छ ।

परीक्षा सकिएपछि अभिनेत्री मानन्धरले ‘गुडबाई १२’ भन्दै सबैलाई ब्याचलर पढ्न शुभकामना दिनुभएकाे छ ।

ललितपुरको टौखेलस्थित आफ्नै घर नजिकको किटनी माविमा करिश्माले पढ्दै आउनु भएकाे थियाे । उहाँले १२ कक्षाको परीक्षा पनि त्यहीँबाट दिनु भएकाे हाे ।

परीक्षा सकिएपछि उहाँले शुक्रबार आफ्ना सहपाठीसँग सामूहिक तस्बिर खिचाएर सबैलाई ब्याचलर अध्ययनका लागि शुभकामना पनि दिनु भएकाे छ ।

परीक्षा सुरु हुनुअघि धेरै डराए पनि अहिले आफूलाई धेरै खुसी लागेको करिश्माले प्रतिक्रिया दिनु भएकाे छ । उहाँले परीक्षा राम्रो भएको जानकारी दिँदै भन्नुभयाे, ‘पहिले धेरै डर लागेको थियो । तर, अहिले म निकै खुसी छु ।’

उहाँले कक्षा १२ पास भएमा स्नातक अध्ययन गर्ने पनि जानकारी दिनु भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button