गायिका इन्दिरा जोशीसँग इंगेजमेन्ट गर्ने युवक को हुन् ?

दुई वर्षयता अपार्टमेन्टमा सँगै बस्थ्याे याे जाेडी

पाेखरा न्यूज । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इंगेज्मेन्ट गर्नुभएकाे छ । शरदले इन्दिरालाई हेलिकोप्टरमा खुम्बु पुर्याएर औंठी साटासाट गर्नुभएकाे हाे ।

इन्दिराले शरदले आफूसँग बिहे प्रस्ताव राखेको र आफूले ओके भनेको आफ्नो फेसबुक स्टाटसमा पोस्ट गर्नुभएकाे छ । उहाँले शरदले आफूलाई औंठी लगाइदिएको विभिन्न तस्बिरहरूसमेत पोस्ट गर्नुभएकाे छ । फेसन डिजाइनरका रूपमा कार्यरत शरद र इन्दिरा पछिल्लो दुई वर्षयता प्रेममा रहेको बताइन्छ ।

‘लूट’ फिल्मको आइटम गीत उध्रेको चोली…बाट चर्चामा आउनु भएकी गायिका इन्दिरासँग इंगेज्मेन्ट गर्नुभएका शरद पेसाले फेसन डिजाइनर हुनुहुन्छ । काठमाडौकाे नक्सालमा फेसन स्टोर चलाइरहनु भएका उहाँ विभिन्न नयाँ डिजाइनका ड्रेस तयार पार्न माहिर हुनुहुन्छ ।

फेसन डिजाइनिङकै क्रममा करिब चार वर्षअघि इन्दिरा र शरदको भेट भएको थियो । व्यापारिक घराना केडिया ग्रुपका सदस्य शरद र इन्दिराबीचको मित्रता विस्तारै प्रेममा बदलिँदै गएको बताइन्छ । उहाँहरूबीचको प्रेमको सामीप्यता यति बढ्यो कि उहाँहरू दुई वर्षयता बुढानिलकण्ठस्थित एक अपार्टमेन्टमा सँगै बस्ने गरेकोसमेत उहाँहरूका निकटवर्तीहरू बताउनु हुन्छ ।

विशेष गरी आइटम गीतका कारण चर्चामा छाउने गर्नुभएकी इन्दिरा पछिल्लो समय नेपाल आइडलकी एक निर्णायकका रूपमा समेत रहँदै आउनु भएकाे थियाे । शरद भने फेसन डिजाइनका कारण नेपाली महिला सेलिब्रेटीमाझ परिचित हुनुहुन्छ । शरद र इन्दिराले बिहे चाहिँ कहिले गर्नुहुन्छ ? त्यो भने अहिलेलाई गोप्य नै राखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button