दशैंको टीकाको साइत २९ असोज बिहान १०ः०२ बजे 

पाेखरा न्यूज । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दशैँको टीकाको साइत सार्वजनिक गरेको छ । दशैंको टीकाको साइत २९ असोज शुक्रबार बिहान १०ः०२ बजे रहेको समितिका अध्यक्ष कृष्ण अधिकारीले जानकारी दिनुभएकाे छ ।

 

२१ असोज बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको जानकारी दिएका उनले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने बताउनु भएकाे छ । उक्त दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने भएको अध्यक्ष अधिकारीले बताउनु भएकाे छ ।

यसैगरी २२ असोज शुक्रबार बिहान ११ः५६ बजे झन्डा फेर्ने साइत रहेको र पश्चिम फर्केर झन्डा फेर्नुपर्नेछ । २६ असोज मंगलबार फूलपाती परेको र फूलपाती भित्र्याउन साइतको आवश्यक नपर्ने बताउँदै उहाँले फूलपातीको दिन सरस्वतीको पूजासमेत गर्नुपर्ने बताउनु भएकाे छ ।

२७ असोजमा महाअष्टमी र सोही दिन कालारात्री पूजा परेकाे छ । २८ असोज बिहीबार महानवमी मनाइनेछ । २९ असोज शुक्रबार विजयादशमी परेको र उक्त दिन देवी विसर्जनपछि टीका लगाउनुपर्ने अधिकारीले जानकारी दिनुभएकाे छ । देवी विसर्जनको साइत २९ असोज शुक्रबार बिहान ८ः१९ बजे रहेको अधिकारीले बताउनु भयाे ।

उनका अनुसार टीकाको साइत २९ असोज शुक्रबार बिहान १०ः०२ बजेको छ । टीका लगाइदिने व्यक्ति पश्चिम र टीका थाप्ने व्यक्ति पूर्व फर्कनुपर्नेछ । विजयादशमीका दिन बिहान ७ : ०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने रहेको र  बिहान ८ः ३२ बजे स्थिरासन गराइने साइत रहेको उहाँले बताउनु भएकाे छ ।

यस्तै २ कात्तिक मंगलबार कोजाग्रत पूर्णिमा र व्रत परेको अध्यक्ष अधिकारीले बताउनु भयाे । उहाँका अनुसार आश्विन शुक्ल पूर्णिमाका दिन २ कात्तिक मंगलबार सबै बलि पूर्ति गरिने र सोही रात कोजाग्रत पूर्णिमाको व्रत बसेर मनाइने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button