भिडियोमा सम्राज्ञी, मन पर्‍यो नयाँपन

पोखरा न्यूज । डेब्यु फिल्म ‘ड्रिम्स’मार्फत नै प्रभाव छोडेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह म्युजिक भिडियोमा देखा पर्दिनन् भन्दा फरक नपर्ला ।

उनलाई डेब्यु फिल्म सफल भए यता धेरै भिडियो अफर भएका छन्, यद्यपि अभिनय मात्र दुईमा गरेकी छन् । नट्टु शाहको भिडियाे र आफ्नै आमाको गीतमा पूर्वप्रेमी देवांश राणासँग साम्राज्ञीले भिडियो खेलेकी छन् । त्यसबाहेक उनलाई भिडियोमा देखिएको छैन । त्यसैले उनी म्युजिक भिडियोमा खासै नदेखिने एक्ट्रेसमा पर्छिन् ।

तर, उनले यसपटक आएको अफरलाई स्वीकार गर्दै भिडियो गर्ने निर्णय लिइन् । उनलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका छन् । निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नयाँ कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले स्क्रिन शेयर गर्ने भएकी हुन् ।

ट्रि इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्युजिक भिडियोलाई दिपेश सापकोटाले निर्देशन गर्दैछन् । चर्चित गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको गीतको शब्द डिपी खनालले कोरेका छन् भने शंकर थापा स्माइलको संगीत र उदय राज पौडेलको संगीत संयोजन गरेको छ ।

गीतमा कोरियोग्राफी माइकल चन्दको रहने छ । गीतको भिडियोको छायाँकन काठमाडौंका विभिन्न स्थानमा गरिने निर्देशक सापकोटाले बताए । शाह र निर्माण पक्षबीच भएको सम्झौतापश्चात छोटो प्रतिक्रिया दिँदै अभिनेत्री शाहले गीत र म्युजिक भिडियोमा प्रयोग गरिने नयाँपन मन परेको कारण काम गर्न लागेको बताएकी छिन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button