‘नो एमसीसी’ गीतको म्युजिक भिडियो सार्वजनिक

पोखरा न्यूज । गायक वसन काफ्लेको शब्द र सम्वादमा रहेको ‘नो एमसिसी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

आज एक कार्यक्रममा ‘नो एमसीसी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गायक काफ्ले, मौसम मधुर र रेवन भित्रिकोटीको स्वरमा रहेको गीतको भिडियोमा निर्देशन कमल राईले गर्नुभएको हो  । जसमा छायांकन शिव ढकालको रहेको छ । भिडियोमा एमसीसी सम्झौता गर्न नहुने सन्देश दिइएको छ ।

म्युजिक भिडियोमा चर्चित नायक नवल खड्का, वसन काफ्ले, मौसम मधुर, रेवन भित्रिकोटी, पशुपति श्रेष्ठलगायतको शसक्त अभिनय रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै गायक मौसम मधुरले एमसीसीको विरोध नगर्ने कलाकारहरूको अमेरिका जान इच्छा भएको हुनसक्ने आशंका समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा गीतका गायक काफ्लेले पार्टीहरू भन्दा हामी नागरिक हौं भनेर एमसीसी हस्तक्षेपलाई सबै जनतासामु पुर्‍याउन कोशिश गरेको बताउनुभयो ।

जनता र देशको हितमा सरकारले निर्णय गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले सम्पूर्ण जनताको भावना समेटिएको शब्द रचना गरेर गीत तयार भएको बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button