६२ वर्षीय छिमेकीले छुरा प्रहार गरी २१ वर्षीय युवककाे हत्या

पाेखरा न्यूज । सामान्य घरायसी वादविवाद हुँदा एक ६२ वर्षीय वृद्धले छुरा प्रहार गरेर २१ वर्षीय छिमकी युवककाे सुनसरीमा हत्या गरेका छन् ।

सुनसरीकाे इटहरी उपमहानगरपालिका -३ सुनौलो टोलका ६२ बर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेका छन् ।

हिजो बेलुका साढे ४ बजे सामान्य घरायसी वादविवाद हुँदा अधिकारीले छातीमा छुरा प्रहार गरेपछि गम्भीर घाइते बनाएका थापाको उपचारको लागी घोपा धरानमा पुर्‍याउन साथ मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएकाे प्रहरी टाेलीले हत्या अभियाेगमा देवी प्रसाद अधिकारीलाई पक्राउ गरेकाे जनाएकाे छ ।

पक्राउ परेका अधिकारी समेत घाइते भएकाले प्रहरीको निगरानीमा उनकाे उपचार भइरहेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button