कमलपोखरीकाे छेउमा पार्क बन्ने

पुनर्निर्माणको काम ९५ प्रतिशत

पाेखरा न्यूज । काठमाडौंस्थित कमलपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सकिएको छ । पोखरीमा टनाटन पानी भरिएको छ । काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माण प्रगतिको निरीक्षण पनि गर्नुभएकाे छ ।

 

अहिले पोखरीको पहिलो चरणको काम भइरहेको छ । छिट्टै उदघाटन गरेर पोखरीलाई पर्यटन व्यवस्थापनसँग जोड्ने शाक्यको भनाइ छ ।

‘सबैले रानीपोखरी मात्रै देखेका छन् । हामी कमलपोखरीलाई रानीपोखरी भन्दा पनि आकर्षक बनाउने योजनासहित अघि बढेका छौँ । एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुनर्निर्माण भइरहेको हो,’ उहाँले भन्नुभएकाे छ ।

आकाशे पानी संकलन र पुनःभरण तथा पानी शुद्धीकरण गर्ने योजनासहित पोखरीको पुनर्निर्माण भइरहेको छ । पुनर्निर्माणको दोस्रो चरणमा यसअघि प्रहरी भवन रहेको ठाउँमा पार्क निर्माण गरिनेछ ।

काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरिपरि चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, व्यायामशाला, उद्यान, खुल्ला क्षेत्रसहितको डिजाइन अनुरूप पुनर्निर्माण गरिरहेको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताउनु भएकाे छ ।

उहाँका अनुसार पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहनेछन् ।

करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भइरहेको पोखरी बास्तुशास्त्रमा आधारित छ । परम्परागत नेवारी शैलीलाई आत्मसात गर्दै पोखरी पुनर्निर्माण गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button