बिष्णु माझीको ‘दशैँ-तिहार आइसक्यो’ चर्चा बटुल्दै

पाेखरा न्यूज । नेपाली संगीतिक बजारकी ‘सेक्रेट स्टार’ हुनुहुन्छ लोकदोहोरी गायिक बिष्णु माझी । उहाँ गुमनामजस्तै हुनुहुन्छ तर स्वरले बजार तताएको छ ।

 

माझीकाे तीज गीत ‘चरी जेलैमा’ गीतले निकै लाेकप्रिय रह्याे । युट्युबमा ‘चरी जेलैमा’ ले छोटो समयमा विभिन्न रेकर्ड बनाउन सफल भएको छ ।

तीज सकिएर पनि ‘चरी जेलैमा’ को चर्चा सेलाउन नपाउँदै गायिका माझीको स्वरमा नयाँ ‘दशैँ-तिहार’काे गीत सार्वजनिक भएको छ ।

उहाँको स्वरमा सार्वजनिक ‘दशैँ-तिहार आइसक्यो’ बोलको गीत पनि दर्शक स्रोताको मन जित्न सफल भएको छ । सपना म्युजिक इन्डष्ट्रिजको युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक गीतको भिडियो दुई दिनमा ११ लाख पटक हेरिएकाे छ ।

‘यहीँको तापम घाम राजै, यहीँको तापम जुन
यहीँ जोतम्ला खेतबारी, यहीँ फलाम्ला सुन
आउ है गाउैमा….’

गीतले परदेशिएका आफ्नो मान्छेलाई गाउँ डाकेको छ । बिष्णुको एकल स्वरमा रहेको गीतको शब्द र लय सिर्जना उहाँका श्रीमान् सुन्दरमणी अधिकारीले गर्नुभएकाे हाे । ‘चरी जेलैमा’ को झल्को दिन गीतको कोरसमा महिमा आचार्यले स्वर भर्नुभएकाे छ ।

शिव विकको कोरियोग्राफीमा तयार भिडियोमा प्रिया विष्टको अभिनय देख्न सकिन्छ । शम्भु चालिसेले छायंकन गरेका दृश्यको सम्पादन सुजन शाहीले गर्नुभएकाे हाे ।

बिष्णुले गाएको ‘चरी जेलैमा’ ले छोटो अवधीमा दुई करोड भ्युज पाएको छ । ‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिपछिपे पानीमा लेउ’ लगायत उहाँले स्वर दिएका गीतले युट्युबमा करोड बढी भ्युअर्स बटुलेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button