कांग्रेस महाधिवेशन : कास्कीका चार गाउँपालिकामा काे-काे बने सभापति ?

पोखरा न्यूज ।  कांग्रेस गाउँ/नगर अधिवेशनमा कास्कीका चार गाउँपालिकाको नतिजा आएको छ । दुईवटामा सर्वसम्मत नेतृत्व चयन भएको हो भने दुईवटामा मतदान मार्फत टुंगो लगाइएको छ ।

रुपा र अन्नपूर्णमा शुक्रबार नै कार्यसमिति चयन भएको थियो । रुपामा विमलबाबु न्यौपानेको सभापतित्वमा सर्बसम्मत चयन भएको हो ।

उपसभापतिमा गेशबहादुर गुरुङ र शंकरलाल श्रेष्ठ हुनुहुन्छ भने सचिवमा बुद्धिबहादुर खड्का र विकल ओझा तथा सहसचिव विकास ओझा र निर्मल केसी रहनुभएको छ  ।

अन्नपूर्णको नेतृत्वमा मनपति भण्डारी चयन हुनुभएको छ  । उपसभापति सुशील भट्टचन र गौमाया नेपाली, सचिव कृष्णप्रसाद सुवेदी र विजय गुरुङ एवं सहसचिव ध्रुव घले र मुक्ति गुरुङ चयन हुनुभयो ।

मादीको अध्यक्षमा एक मत अन्तरले यामबहादुर गुरुङ निर्वाचित हुनुभएको छ  । यामको ९३ मत आउँदा निकटतम प्रतिस्पर्धी देवीजंग गुरुङले ९२ मत प्राप्त गर्नुभयो  । सचिवमा भोजबहादुर गुरुङ र देवीजंग गुरुङ निर्वाचित हुनुभएको छ  । उपसभापतिमा लिलामोहन कुईंकेल र कृष्णचन्द्र बराल सर्वसम्मत हुनुभयो ।

माछापुच्छ्रेमा वीरेन्द्र गुरुङ सभापतिमा निर्वाचित हुनुभएको छ  । उहाँले  निकटतम प्रतिस्पर्धी मधुसुदन अधिकारीलाई १५ मतले पराजित गर्नुभएको हो  । उपसभापतिमा अधिकारीको प्यालनबाट रामबहादुर गुरुङ र मीनबहादुर गुरुङ, सचिवमा केशवराज अधिकारी र सञ्जय लम्साल तथा सहसचिवमा बालकृष्ण गौतम र महादेव गुरुङ निर्वाचित हुनुभयो । सहसचिव गुरुङ भने वीरेन्द्र प्यानलका हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button