इजरायलमा ‘केयरगिभर’का लागि १ हजार ६ सय जना सिफारिस (सूचीसहित)

पाेखरा न्यूज । वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’का लागि एक हजार ६ सय जनाको नाम सिफारिस भएको छ । विभागले आइतबार बिहान इजरायलमा ‘केयरगिभर’का लागि जान चाहानेमध्येबाट एक हजार ६ सयको नाम सिफारिस गरेको हो ।

विभागले भाषा परीक्षा उर्तीण गरी अन्तरवार्तामा सहभागी मध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबीए) लाई सिफारिस गरेको हो । इजरायलको पिआइबिएले विभागले सिफारिस गरेको सूचीबाट कामदार छनोट गर्नेछ ।

त्यसपछि पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ । रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन् ।

[pdf-embedder url=”https://www.pokharanews.com/wp-content/uploads/2021/09/isreal-care-giver.pdf” title=”isreal care giver”]

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button