साहस ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

पाेखरा न्यूज । आज आइतबार साहस ऊर्जाकाे आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता आईपीओ ६ असाेजमा बिक्री खुला गरेको थियाे ।

कुल आईपीओमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन मिल्नेछ ।

आईपीओमा शुक्रबार दिउँसो २:३० बजेसम्म १७ लाख २० हजार जना आवेदकले २ करोड ४६ लाख ९ हजार ७६० कित्ताका लागि आवेदन दिइसकेका बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

आईपीओ निस्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button