गण्डकीम्याग्दीसमाचार

जीपकाे ठक्करबाट घाइते वृद्धाकाे पोखरामा उपचारकाे क्रममा मृत्यु

पाेखरा न्यूज । जीपकाे ठक्करबाट घाइते वृद्धाकाे उपचारकाे क्रममा पाेखराकाे अस्पतालमा मृत्यु भएकाे छ ।

म्याग्दीकाे बेनी नगरपालिका-५ पुलाचौरस्थित सडकमा ग.१ ज ६६६२ नम्बरको बोलेरो जिपको ठक्करबाट घाइते भएकी  पैदलयात्री स्थानीय ७६ वर्षीया गौमती बिकको शनिबार दिउँसो मृत्यु भएको हाे ।

ठक्करबाट गम्भीर घाइते हुनुभएकी उहाँको  बेनी अस्पताल हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको लागि ल्याइएकोमा उपचार कै  क्रममा मृत्यु भएको हो ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x