काेराेनाका कारण पाेखरामा उपचाररत थप ४ काे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमणका कारण पाेखराका अस्पतालहरुमा उपचारकाे क्रममा थप ४ जनाकाे मृत्यु भएकाे छ ।

कास्कीकाे पाेखरा १० की ३८ वर्षीया महिलाकाे आइतबार मेडिप्लस अस्पताल पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

पाेखरा १ की ३९ वर्षीया महिलाकाे उपचारकाे क्रममा शनिबार पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

पाेखरा १ का ७५ वर्षीय पुरुषकाे चरक मेमाेरियल अस्पताल पाेखरा र रुपा १ की ९१ वर्षीया महिलाकाे गण्डकी मेडिकल कलेज पाेखरामा शुक्रबार उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३५७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button