कोरोना अपडेट : संक्रमितभन्दा निको हुने बढी

पाेखरा न्यूज । सरकारले पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणको केसभन्दा निको हुने बढी रहेका जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठ सय ३४ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या एक हजार दुई सय ७९ रहेको छ ।

८ हजार पाँच सय ८९ नमुनाको पीसीआर परीक्षण गर्दा सात सय ३० जना र पाँच हजार एक सय ४७ नमुनाको एन्टिजेन परीक्षण गर्दा एक सय ४ गरी ८३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नौ जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमितको संख्या १९ हजार एक सय ४२ जना रहेका छन् । जसमध्ये १७ हजार आठ सय १३ जना होम आइसोलेसन र एक हजार तीन सय २९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । मन्त्रालयकाअनुसार तीन सय ६८ जना संक्रमित आईसीयू र एक सय २० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button