पाेखरा न्यूज । नेकपा एमालेको विधान महाधिवेशन १५ असोजबाट हुने भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा करिब ५ हजार प्रतिनिधिले देशभरबाट भाग लिने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभएकाे छ ।
विधान महाधिवेशनमा केन्द्रीय समितिबाट पारित तीनवटा प्रतिवेदनहरु पेस हुनेछन् ।
आइतबार सकिएको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेश गर्नेगरी तीनवटा प्रतिवेदन पारित गरेको छ ।
जसमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठन निर्माणसँग सम्बन्धित प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित भएको छ ।
विधान महाधिवेशन ३ दिनसम्म चल्नेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution