मनसुन अझै बाहिरिएन, आज कहाँ-कहाँ पर्छ पानी ?

पाेखरा न्यूज । मनसुन निस्क्रिय भए पनि अझै बाहिरिएको छैन । उत्तरार्धमा मनसुन कायमै हुँदा मुलुकमा हल्का वर्षा हुने गरेको छ ।

यो पटक संशोधित तालिका अनुसार मनसुन बाहिरिन अझै ६ दिन रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार नेपालमा तीन दिनसम्मको मौसम पूर्वानुमान हुने भएकाले मनसुन बाहिरिनेबारे अझै प्रष्ट आँकलन भइसकेको छैन ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मंगलबार प्रदेश १ र २ का एक/ दुई स्थान र बाँकी प्रदेशका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button