पाेखराका यी क्षेत्रमा आज दिनभर विद्युत लाइन अवरुद्ध

पाेखरा न्यूज । आज साेमबार बिहान साढे १० बजेदेखि ४ बजेसम्म पाेखराका विभिन्न क्षेत्रमा विद्युत लाइन अवरुद्ध छ ।

विद्युत प्राधिकरणकाे पाेखरा वितरण केन्द्रले दिएकाे जानकारी अनुसार ताताेपानी फिडर अन्तर्गत पर्ने क्षेत्रहरु लामाचाैर, बाटुलेचाैर, अर्मला, घार्मी, पुरनचाैर, लाहाचाेक, घाचाेक, दीप, भुर्जुगखाेला लगायतका क्षेत्रमा सेवा अवरुद्ध भएकाे हाे ।

रुखका हाँगा तथा बाँस काट्ने कार्य गर्नुपर्ने भएकाले विद्युत लाइन अवरुद्ध गर्नु परेकाे प्राधिकरणकाे भनाइ छ ।

साेमबार मौसम अनुकुल नरहेमा सेवा प्रवाहमा केही फेरबदल हुन सक्ने पनि जानकारी दिइएकाे छ ।

पाेखरा वितरण केन्द्रकाे सूचना यस्ताे छः
‘तातोपानी फिडर अन्तर्गत पर्ने क्षेत्रमा Bush Cutting (रुखका हागा तथा बास काट्ने) कार्य गर्नु पर्ने भएकोले लामाचौर, बाटुलीचौर, अर्मला, घार्मी, पुरनचौर, लाहाचोक, घाचोक, दिप , भुर्जुंगखोला लगायतका क्षेत्रमा मिति २०७८/०६/११ गते बिहान १०:३० बजे देखि ४:०० बजे सम्म लाईन अबरुद्ध हुने ब्यहोरा जानकारी गराउदछौ ।
मौसम अनुकुल नरहेमा Schedule मा केही फेरबदल हुन सक्छ ।
सेवा अबरुद्ध को लागि क्षमाप्रार्थी छौ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button