पाेखरा न्यूज । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको १० असोजमा बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले संस्थाको हाल कायम चुक्ता पूँजीको १६ दशमलव ९० प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनार्थ शून्य दशमलव ८८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाई वितरण गरिनेछ । हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड ३४ लाख रुपैयाँ छ ।
लघुवित्तको १६ दशमलव ९० प्रतिशतका दरले एक करोड ४१ लाख रुपैयाँबराबरको बोनस सेयर वितरणपश्चात चुक्ता पूँजी ९ करोड ७५ लाख रुपैयाँ पुग्नेछ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution