इपिएल क्रिकेट : पोखरा राइजोन र काठमाडौं किङ्स इलेभन भिड्दै

पोखरा न्यूज । एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो दिन आज मंगलबार एउटा मात्र खेल हुदैछ ।

चौंथो संस्करणको ईपीएल टी-ट्वान्टी क्रिकेटमा आज काठमाडौं किङ्स इलेभन र पोखरा राइजोन भिड्न लागेक हुन। खेल मध्यान्ह सवा १२ बजे शुरु  हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंको यो तेस्रो खेल हो । काठमाडौं दोस्रो जित निकाल्ने योजनामा हुनेछ । यस अघी काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो।

सोमबार तय काठमाडौं र विराटनगर वारिवर्सबीचको खेल भने बर्षाका कारण मैदान ओसिलो हुँदा टसनै नभई खेल रद्द भएको थियो ।

यता, विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा रहेको छ । पोखराको यो दोस्रो खेल हो । पहिलो खेलनै बर्षाले प्रभावित भएपछी पोखराले भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो ।

१० ओभरको खेल जारी रहदा वर्षा भएपछी खेल रोकिएको थियो । अन्तिम समय सम्म पनि वर्षा नरोकिएपछी दुबै टोलीलाई १-१ अंक बाढिएको थियो ।

यस अघि हिजो (सोमबार) का दुबै खेल समेत बर्षाकै कारण हुन सकेन । पहिलो खेलमा काठमाडौं र बिराटनगरले मैदान ओसिलो हुँदा टसनै गर्न पाएनन् । दोस्रो खेलमा चितवन र भैरहवाबिचको खेलमा टस हुने तय हुँदा पुनः वर्षा भएको थियो ।

दुबै खेल पुनः खेलाइने वा अंक बाढ्ने भन्ने बिषय तय हुन बाकी छ ।

यस्तो छ टिम

पोखरा राइनोज  – बिनोद भण्डारी (कप्तान), सुनिल धमला, रित गौतम, बिपिन रावल, लोकेश बम, रबिन्द्र शाही, बिबेक यादव, सुशन भारि, किशोर महतो, बिक्रम सोब, नन्दन यादव, अर्जुन कुमाल, देब शाह, बिपिन खत्री, रिचर्ड लेभी, केसरिक् विलियम्स, असेला गुनरत्ने, सहान अरचिगे ।

काठमाडौं किंग्स एलेभेन – सन्दिप लामिछाने (कप्तान) , अमित श्रेष्ठ, सुबास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दिपेन्द्र रावत, आकाश चन्द, अमर सिंह रौटेला, गुल्सन झा, जनक प्रकाश, रायन बर्ल, रहमनुल्लाह गुर्बज ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button