महिला चेम्बरको दशै विशेष व्यापार मेला हुने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको नेपाल महिला चेम्बरले अति महत्वको चाडबाड दशैलाई लक्षित गरि आश्विन १४ गतेदेखि दशै बिशेष व्यापार मेला संचालनमा ल्याउने भएको छ ।  मेला  काठमाडौंको कमलपोखरीस्थित सिटी सेण्टरमा संचालनमा आउन लागेको हो ।

मेलामा स्वदेशमा उत्पादित कृषिजन्य उत्पादन र अन्य उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिने जानकारी दिइएकाे छ । जस अन्तर्गत ढाका, उनी, पश्मिना, आभुषण, हेम्प र अर्गानिक, हर्बल, लत्ता कपडा, फूटवेयर, अर्गानिक चिया एवम् कफी, फ्रेगमेण्टेड क्याण्डल, फेस पेंण्टिङ् आदि सम्बन्धी वस्तुहरु रहने छन् ।

आम उपभोक्ताको सहजतालाई ध्यानमा राख्दै मुख्य रुपमा नेपाली महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रबर्धन गर्ने उदेश्यका साथ मेला आयोजनामा आउन लागेको जानकारी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले दिनु भएकाे छ ।

चाडवाड लक्षित मेलाबाट उपभाेक्ता लाभान्वित हुने अपेक्षा गरेकाे महिला चेम्बरकी महासचिव लिमा अधिकारीले जानकारी दिनुभएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button