के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

पाेखरा न्यूज । नेपाल आयल निगमले चाडपर्वमा पेट्रोलियम पर्दाथको अभाव नहुने स्पष्ट पारेको छ । निगमका निर्देशक वीरेन्द्र गोइतले दशैं, तिहार र छठमा पेट्रोलियम पदार्थको अभाव नहुने जानकारी दिनु भएकाे हाे ।

राजधानीमा आयोजित बजार अनुगमन र सरोकारवालाको भूमिका विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै गोइतले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सही अवस्थामा रहेको बताउनु भयाे ।

उहाँका अनुसार ७९ प्रतिशत इन्धन मौज्दात छ । नेपालमा डिजेल बढी खपत हुने भएकाले कुल खपतको ६० प्रतिशत डिजेल मौज्दात रहेको गोइतले जानकारी दिनुभयाे । भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको र मौज्दात पनि भएकाले पेट्रोल, डिजेल तथा एलपी ग्यासकोसमेत कुनै अभाव नरहेको उहाँको भनाइ छ ।

‘जतिबेला पाइपलाइन थिएन रक्सौलमा जामले समस्यारअभाव हुन्थ्यो । अहिले आपूर्तिमा समस्या छैन,’ उहाँले भन्नुभएकाे छ ।
निर्देशक गोइतले यसपालि पनि दशैं अवधिभर पेट्रोल पम्प खुला रहने उल्लेख गर्नुभयाे । ‘दशैंमा देशभर पम्प खुल्छ । सप्तमी पछि दुई दिन बन्द हुन्छ । तर मागअनुसार खुला हुन्छ,’ उनले भने, ‘चाडपर्वमा पेट्रोलियम पदार्थको अभाव हुँदैन ।’

ग्यासको खपत घट्यो

एलपी ग्यासका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले पनि नेपालमा ग्यासको अभाव नरहेको बताउनुभयाे । कोभिड महामारीले खपत नै घटेकाले पनि चाडपर्वमासमेत अभाव हुने अवस्था नभएको उहाँको भनाइ छ ।

‘नाकाबन्दी र भूकम्पपछि ग्यासको सायदै अभाव भएको छ । हरेक वर्ष १७ प्रतिशतले खपत वृद्धि भइरहेको छ । तर कोभिड संक्रमण महामारीले झण्डै २० प्रतिशतले खपत घटेको छ । व्यापार नै ३५ प्रतिशतसम्म घटेको छ । त्यसकारण अभाव हुने अवस्था नै छैन,’ उहाँले भन्नुभयाे । नेपालमा उपभोग्य सामग्री र भ्याक्सिनमा समस्या नभएको उहाँको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button