फाइजरको बुस्टर डोज लगाउँदै बाइडेन- म त झन जवान पो देखिए  

पाेखरा न्यूज । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिडको बुस्टर डोज लगाउनु भएकाे छ । राष्ट्रपति बाइडेनले फाईजरको बुस्टर डोज लगाउनु भएकाे हाे ।

 

कतिपय अमेरिकीले तेस्रो खोप आवश्य नपरेको भनिरहेका बेला बाइडेनले राष्ट्रपति कार्यलय ह्वाइट हाउसमा खोप  लगाउनु भएकाे हाे । हालै अमेरिकाको स्वास्थ्य निर्देशिकाले ६५ वर्षमाथिका व्यक्तिलाई फाइजरको तेस्रो डोज अनुमोदन गरेको थियो ।

‘म ६५ वर्षको जस्तो नदेखिए पनि मैले यो उमेर पार गरिसकेको छु ’ ७८ वर्षीय बाइडेनले ठट्टा गर्दै भन्नुभएकाे छ। बुस्टर डोज लगाए पनि आफू झन् जवान देखिएको उहाँको  भनाई थियो । स्वास्थ्यमा गम्भिर समस्यादेखि भाईरसको जोखिममा रहेका स्वास्थ्यकर्मीलेले बुस्टर डोज लगाउन सक्छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button