पर्यटकीय गन्तव्य तिलिचो ताल क्षेत्रको अनुगमनमा प्रशासन

पोखरा न्यूज । पर्यटन सिजन शुरु भएसँगै मनाङका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले तिलिचो ताल क्षेत्रको अनुगमन गरेकाे छ । मनाङका प्रमूख जिल्ला अधिकारी विष्णु लामिछानेको नेतृत्वमा सुरक्षा निकायका प्रमुख एवं सरोकारवालासहितको टोलीले तिलिचो ताल क्षेत्रको अनुगमन गरेकाे हाे ।

बाढी र पहिरोले क्षतविक्षत पदमार्गको अवस्था पर्यटन सुरक्षा, होटल-रेष्टुरेष्टको अवस्था, पर्यटकीय वातावरण लगायतका विषयमा निरीक्षण भएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । टोलीले सदरमुकाम चामेदेखि भारताङ, पिसाङ, हुम्डे, माथिल्लो मनाङ, खाङसार, बेसक्याम हुँदै तिलिचो तालसम्म अवलोकन गरेको हो ।

स्थानीय जनप्रतिनिधि, एक्यापका प्रतिनिधि र अन्य सरोकारवालासँग पर्यटन सुरक्षासँगै समुदायको शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको उहाँले बताउनुभयो ।

कोभिड-१९ को प्रभाव र मनाङमा बाढी र पहिरोले क्षतविक्षत बनाएसँगै मनाङमा पर्यटकको सहज आगमन हुन सकेको छैन । यद्यपि फाट्टफुट्ट पर्यटक आउन थालेको मनाङ प्रशासनले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button