ओली पुगे विधान महाधिवेशन स्थल गोदावरी

पाेखरा न्यूज । नेकपा एमालेको विधान महाधिवेशन १५–१७ असोजमा ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओली महाधिवेशन स्थलको अवलोकन गर्न बुधबार दिउँसो सम्मेलन केन्द्र पुग्नुभएकाे छ ।

महाधिवेशनमा करिब पाँच हजार सहभागी हुनेछन् । उनीहरूलाई सम्मेलन केन्द्रभित्र र बाहिर राख्ने व्यवस्था मिलाइएको छ । सम्मेलन केन्द्रको हलमा दुई हजार आठ सय ४० जनामात्रै अट्नेछन् र बाँकीलाई बाहिर बस्ने व्यवस्था मिलाइएको छ ।

हल बाहिर स्क्रिन राखेर दुई साइडमा एक एक हजार राख्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनमा करिब तीन सय स्वयंसेवक खटिनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button