बिहे नगरी अभिनेत्री रञ्जना शर्मा गर्भवती !

पाेखरा न्यूज । केही वर्षयता अमेरिकामा बस्दै आउनु भएकी अभिनेत्री रञ्जना शर्माले आफू गर्भवती भएको जानकारी फेसबुकमार्फत दिनु भएकाे छ । गत भाद्र कृष्ण अष्टमीमा प्रेमी निकेश सिलवालसँग इंगेज्मेन्ट गर्नुभएकी उहाँले नेपाल आएर बिहे गर्ने बताउनु भएकाे थियाे ।

तर, अहिले उहाँले फेसबुकमा आफू गर्भवती भएको फोटा पोस्ट गरेर सबैलाई चकित तुल्याइ दिनुभएकाे छ । फिल्म वृत्तमा औपचारिक रूपमा बिहे नगर्दै रञ्जना गर्भवती भएको हल्लासमेत चलेको छ । यसबारेमा भने उहाँको कुनै धारणा आएको छैन ।

०६५ सालमा निर्देशक श्याम भट्टराईसँग बिहे गर्नुभएकी रञ्जना त्यसको केही वर्षपछि एक कार्यक्रममा सहभागी हुन अमेरिका उड्नुभयाे । अमेरिका पुगेको दुई महिनापछि उहाँ श्यामसँग सम्पर्कविहीन हुनुभयाे । श्याम पनि ०७२ सालमा अमेरिका उड्नुभयाे । उहाँले त्यहाँ रञ्जनालाई खोज्नुभयाे । तर रञ्जनाले आफूहरू आ–आफ्नो बाटो लाग्नु उत्तम हुने बताउनु भयाे । त्यसपछि उहाँहरूले सम्बन्ध बिच्छेद गर्नुभएकाे थियाे।

श्यामले दुई वर्षअघि स्वदेश आई एफएमकर्मी कसुम तामाङसँग मागी विवाह गर्नुयभाे । रञ्जनाले भने अमेरिकामै प्रेमी पाउनु भयाे-निकेश सिलवाल ।
केही टेलिसिरियल तथा पूर्वपति श्यामको निर्देशनमा बनेको मर्यादा र मौसम, सलाम छ मायालाई र कन्यादान फिल्ममा अभिनय गर्नुभएकी रञ्जनाको अभिनय करिअर सुखद भने थिएन ।

पछिल्लो समय अभिनेत्रीहरूले आफू गर्भवती भएको खबर गर्वका साथ फैलाउने गर्नुभएकाे छ। सोहीअनुरूप रञ्जनाले पनि आफू आमा बन्न लागेको खुसियाली ‘सेयर’ गर्नुभएकाे हाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button