पाेखरा न्यूज । ‘द भ्वाइस अफ नेपाल-३’ का विजेता किरण गजमेरलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाटै अमेरिका फिर्ता पठाएको छ ।
गजमेर ११ असोजमा कतार एअरको क्युआर ६५० नम्बरको विमानबाट त्रिभुवन विमानलस्थल ओर्लिनु भएकाे थियाे । उहाँलाई सोही दिन ‘डिपोर्ट’ गरिएको हो ।
अमेरिकी नागरिक गजमेरले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले उहाँलाई अमेरिका फिर्ता पठाइएको अध्यागमन विभागले जनाएको छ ।
नेपालको अध्यागमन कानुनअनुसार अमेरिकी नागरिकले एकपटकको प्रवेशमा जम्मा एक सय ८० दिन मात्रै नेपालमा बस्न पाउँछन् । गजमेरले सन् २०२१ मा सो अवधि बिताइसकेकाले उहाँ अब अझै तीन महिना नेपाल प्रवेश गर्न पाउनु हुने छैन ।
भुटानी शरणार्थीका रूपमा झापाको शरणार्थी शिविरमा बस्दै आउनु भएका गजमेरलाई संयुक्त राष्ट्रसंघले तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत सन् २०११ मा अमेरिका लगेको थियो । परिवारसहित अमेरिका बस्दै आउनु भएका गायक गजमेरले अमेरिकी भिसा प्रयोग गर्दै आइरहनु भएकाे छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution