काेराेनाका कारण पाेखरामा उपचाररत थप ३ काे मृत्यु

  • पोखरा न्यूज
  • २०७८ आश्विन १३
काेराेनाका कारण पाेखरामा उपचाररत थप ३ काे मृत्यु

|प्रतीकात्मक तस्बिर

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमणका कारण पाेखराका अस्पतालहरुमा उपचारकाे क्रममा थप ३ जनाकाे मृत्यु भएकाे छ ।

कास्कीकाे पाेखरा २५ की २४ वर्षीया महिलाकाे साेमबार गण्डकी मेडिकल कलेज पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

पाेखरा १२ का ७५ वर्षीय पुरुषकाे मणिपाल शिक्षण अस्पताल पाेखरामा  उपचारकाे क्रममा मंगलबार मृत्यु भएकाे छ ।

तनहुँकाे शुक्लागण्डकी ७ की ७३ वर्षीया महिलाकाे म‌गलबार पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३६० पुगेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस