काेराेना संक्रमणः कास्कीमा १९९ सहित गण्डकीमा ३३७ मा पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १०४ जना पुरुष तथा ९५ जना महिला गरी १९९ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २४४ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ३३७ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १९९ जनासहित म्याग्दीका १९ जना, पर्वतका २ जना, गाेरखाका ३० जना, लमजुङका ८ जना, तनहुँका २५ जना, बाग्लुङका १३ जना, स्याङ्जाका ३३ जना र नवलपुरका ८  जना गरी प्रदेशका ९ जिल्लामा १६९ पुरुष तथा १६८ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८५ हजार ५७१ पुगेको छ। पछिल्लो २४ घण्टामा २४९ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८२ हजार ९७३ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३६० पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button