लमजुङमा सवारी दुर्घटनामा परी तीन वर्षमा ३० जनाको मृत्यु

पाेखरा न्यूज । लमजुङमा सवारी दुर्घटनामा परी तीन वर्षमा ३० जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार तीन वर्षमा ५५ वटा सवारीसाधन दुर्घटनामा परेका हुन् ।

नाै वटा सवारी साधनमा क्षति पुगेको छ । तीन वर्षमा ९ वटा बस, ३ वटा ट्रक, १३ वटा जीप भ्यान, १६ जटा ट्याक्टर, १४ वटा मोटरसाइकल दुर्घटना भएको छ । जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीले आर्थिक वर्ष ०७७/७८ मा २३ वटा सवारीसाधन दुर्घटना भएको बताउनु भएकाे छ ।

९ वटा सवारीसाधनमा क्षति भएको ट्राफिक कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीकाअनुसार बस ३, ट्रक १, जीप-कार-भ्यान ६, ट्याक्टर ७, मोटरसाइकल ६ गरी जम्मा २३ वटा सवारी साधन दुर्घटना भएको छ । दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । २७ जना सख्त घाइते भएका छन् । १६ जना सामान्य घाइते भएका छन् ।

ग्रामीण भेगको कच्ची र खाल्डाखुल्डी सडकका कारण सवारी दुर्घटना बढेको ट्राफिक प्रहरीले बताएको छ । सर्भे विना नै गाउँमा बाटो निर्माण गरिएकाले बाढीपहिरोको जोखिम बढेको र सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । मदिरा सेवन गरेर सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने गरेकाले पनि सवारी दुर्घटना भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button