महासभामा भाग लिएर परराष्ट्रमन्त्री स्वदेश फर्किए

पाेखरा न्यूज । परराष्ट्रमन्त्री डा.नारायण खड्का राष्ट्रसंघीय महासभामा भाग लिएर बिहीबार स्वदेश फर्किनु भएकाे छ । संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिएर उहाँ बिहीबार बिहान स्वदेश आइपुग्नु भएकाे हाे ।

६ असोजमा महासभामा सहभागी हुन न्युयोर्क पुग्नु भएका उहाँले ११ असोजमा महासभालाई सम्बोधन गर्नुभएकाे थियाे ।

‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड-१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनर्जागृत गराउने’ विषयमा उहाँले नेपालकाे धारणा राख्नुभएकाे थियाे ।

परराष्ट्रमन्त्री डा. खड्काले भारत, कुवेत, बंगलादेशका प्रतिनिधिसँग साइडलाइन वार्ता गर्नुभएकाे थियाे । महासभामा आफूले काेभिड नियन्त्रणका लागि सबै देशका नागरिकलाई खाेप, आतंकवादकाे अन्त्यबारे धारणा राखेकाे उहाँले पत्रकारहरूलाई बताउनु भयाे । न्युयाेर्कमा रहँदा उहाँले राजनीतिक समझदारीमा एमसीसी अनुमाेदन गरेर कार्यान्वयन गर्नुपर्नेमा जाेड दिनुभएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button