प्रधानमन्त्री देउवा भेट्न एमाले उपमहासचिव पौडेल बालुवाटारमा

पाेखरा न्यूज । नेकपा एमाले उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नुभएकाे छ । रूपन्देहीका एमाले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएकाे हाे ।

बुटवलको ज्योतिनगरलगायत चुरे क्षेत्रको पहिरो नियन्त्रण र बुटवल बजारको संरक्षणका लागि विशेष कदम चाल्न एमाले टोलीले प्रधानमन्त्री देउवालाई आग्रह गरेको थियो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनु भएका पौडेल बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदी, एमाले बुटवलका अध्यक्ष बाबुराम पन्थी, पहिरो प्रभावित क्षेत्रका वडाअध्यक्षहरूसहित बालुवाटार पुग्नुभएकाे थियाे।

प्रधानमन्त्री देउवाले आह्वान गरेको सर्वदलीय बैठक बस्नुअघि नै एमाले उपमहासचिव पौडेलले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएकाे थियाे । अहिले बालुवाटारमा सर्वदलीय बैठक जारी छ । तर एमालेले सर्वदलीय बैठक बहिष्कार गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button