सभामुख सहयोग माग्ने, एमाले सांसद नाराबाजी गर्ने

पाेखरा न्यूज । सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकलाई निर्वाध रूपमा सञ्चालन हुने वातावरण बनाउन नेकपा एमालेका सांसदसँग सहयोग माग्नुभएकाे छ ।

तर सभामुख सापकोटाको आग्रहलाई बेवास्ता गर्दै एमाले सांसदहरूले बिहीबारको बैठकमा पनि नाराबाजी गरिरहनु भएकाे थियाे ।

एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्दै जारी नवौँ अधिवेशनका बैठकमा एमाले सांसदको नाराबाजी चल्दै आएको छ ।

संसद्को गतिरोध अन्त्य गर्न सभामुख र प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको छ । उसले आफ्नो माग पूरा नभएसम्म संसद् चल्न नदिने रणनीति बनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button