पाेखरामा बिहीबार अवरुद्ध विद्युत सेवा दिउसाे ४ बजेदेखि सुचारु हुने

पाेखरा न्यूज । पाेखराका विभिन्न क्षेत्रमा बिहीबार बिहान १० बजेदेखि विद्युत सेवा अवरुद्ध छ । अवरुद्ध विद्युत सेवा दिउसाे ४ बजेबाट सुचारु हुने बताइएकाे छ ।

विद्युत प्राधिकरणकाे पाेखरा वितरण केन्द्रले दिएकाे जानकारी अनुसार रामबजार फिडर अन्तर्गत पर्ने महतगौडा, भेरीफार्म, खाल्तेमसिना, लक्ष्मीटोल, भोटेचौतारा, छीनडाडा, दुम्रेडहर लगायतका क्षेत्रमा बिहानदेखि सेवा अवरुद्ध गरिएकाे छ ।

ती क्षेत्रहरुमा रुखका हाँगा तथा बाँस काट्ने कार्य गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध गर्नु परेकाे प्राधिकरणकाे भनाइ छ ।

मौसम अनुकुल नरहेमा सेवा प्रवाहमा केही फेरबदल हुन सक्ने प्राधिकरणले  जानकारी दिइएकाे भएपनि आज माैसम सफा रहेकाे छ ।

सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्राधिकरणले विगत केही दिनदेखि पाेखराका विभिन्न क्षेत्रमा रुखका हाँगा तथा बाँस काट्ने कार्य गर्दै आएकाे छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button