१८ भदौदेखि हराइरहेका पन्थीकाे शव घर नजिक फेला

पाेखरा न्यूज । गएकाे भदाै तेस्राे हप्तदेखि हराइरहेका ३१ वर्षीय एक युवक गुल्मीमा आफ्नै घर नजिक मृत भेटिएका छन् ।

मालिका गाउँपालिका-७ का ३१ वर्षका लेखनाथ पन्थी घर नजिक मृत फेला परेका छन् ।

सुस्त मनस्थिति भएका पन्थी १८ भदौदेखि घरबाट हराएका थिए । पन्थीको शव घर नजिक जंगलमा स्थानीयले निउरो टिप्न गएका बेला देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेयले बताउनु भयाे ।

शवको पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिनु भयाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button