पाेखरामा भिरबाट लडेर ४८ वर्षीय पुरुषकाे मृत्यु

पाेखरा न्यूज । पाेखरामा भिरबाट लडेर एक जना ४८ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ । बिहीबार बिहान पाैने नाै बजेकाे समयमा पाेखरा २५ हेम्जामा भिरबाट खसेर ती पुरुषकाे मृत्यु भएकाे हाे ।

सोलुखुम्बुकाे लिखुपिके घर भई हाल पोखरा २५ हेम्जा स्थित फेमाछाल शाक्य गुम्बामा चौकीदारको काम गर्ने  ४८ वर्षिय ओङ्छु शेर्पाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । बिहान ८ः४० बजेकाे समयमा त्यहाँ रहेकाे भिरबाट अन्दाजी ३०० मिटर तल खस्दा शेर्पाकाे  मृत्यु भएको बताइएकाे छ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पाेखरेलले जानकारी दिनु भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button