कोभिड खोपविरोधी सामग्री धमाधम हटाउँदै युट्युब

पाेखरा न्यूज । युट्युबले खोपविरोधी सामग्री हटाउन थालेको छ । युट्युबले ‘हाइ प्रोफाइल’ प्रयोगकर्ताका विवादास्पद सामग्री हटाउन थालेको हो ।

युट्युबले कोभिड-१९ को उपचारसँग सम्बन्धित विवादास्पद  सामग्रीलाई यसअघि नै हटाइसकेको छ । महामारीको समयमा स्वास्थ्य उपचारमा षडयन्त्र फैलाइएको भन्दै युट्युबले गम्भीर चासो देखाउँदै आएको छ ।

‘कोभिड खोपबारे फैलाइएका अफावा र गलत सूचनालाई हामीले साईटबाट हटाएका छौं,’ युट्युबले विज्ञप्तिमा भनेको छ । अहिलेसम्म युट्युबले जोसेफ मर्कोला, शेरी टेनेपेनी, रोर्बट एफ केनेडी जुनियरका युट्युब च्यानल बन्द गरेको छ ।

अमेरिकी चिकित्सक टेनेपेनीले खोपविरोधी गतिविधिलाई बृहत् रूपमा प्रचार गर्नुका साथै मास्क नलगाउन र कोभिड परीक्षण नगर्न दुरुत्साहन गर्दै आउनु भएकाे थियाे । खोपले अटिजम निम्त्याउन सक्ने उहाँको दाबी छ ।

त्यस्तै, फ्लोरिडाका चिकित्सक मर्कोलाको च्यानललाई पनि युट्युबले प्रतिबन्ध लगाएको छ ।  यसअघि न्युयोर्क टाइम्सको एउटा लेखमा उहाँबारे यस्तो शीर्षक दिइएको थियो – अनलाइनबाट कोभिडबारे गलत सूचना प्रसारण गर्ने प्रभावशाली व्यक्ति ।

कोभिडबारे गलत सूचना दिएको भन्दै युट्युबले रोबर्ट एफ केनेडी जुनियरलाई इन्स्टाग्राममा रोक लगाएको थियो । युट्युबले अहिलेसम्म कोभिडविरोधी एक लाख ३० हजार सामग्री हटाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button