पाेखरामा ५ किलाे अवैध लागूऔषध गाँजासहित युवक पक्राउ

पाेखरा न्यूज । पाेखरामा करिब ५ किलाे अवैध लागूऔषध गाँजासहित एक जना युवक पक्राउ परेका छन् ।

कास्कीकाे पोखरा ३० पावर हाउसस्थित सडकबाट करिब ५ किलो
अवैध लागूऔषध गाँजा सहित धादिङकाे रोरा ४ घर भएका २४ वर्षीय रोशन थोकरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ग.१ ख ९४०३ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार पाेखरा ११ रानीपौवा बस्दै आएका थाेकरको साथबाट गाँजा फेला पारेकाे जनाएकाे छ ।

अवैध गाँजासहित पक्राउ परेका उनी बारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button