पाेखरा न्यूज । नेकपा एमाले नेता प्रभु साहले पार्टीको प्रथम विधान महाधिवेशनलाई बहिस्कार गर्नुभएकाे छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा जारी प्रथम विधान महाधिवेशन साहले बहिस्कार गर्नुभएकाे हाे ।
माओवादी परित्याग गरेर एमालेमा रहन भएका साहले आफूहरूको माग सम्बोधन नगरेको भन्दै बहिस्कार गरेको जानकारी दिनु भयाे । ‘हामीहरूको एजेण्डाका विषयमा हिजो पनि वार्ता भयो । तर, सहमति भएन’, उहाँले भन्नुभयाे, महाधिवेशनमा गएको छुइन ।’
पूर्वमाओवादीका अन्य नेतारूले पनि बहिस्कार गर्ने तयारीमा रहेको भए पनि गलत सन्देश जाने भनेर उहाँमात्र नजानु भएकाे हाे । ‘माओवादीबाट आएका साथीहरू नजाने तयारीमा थियौँ’, साहले भन्नुभयाे, ‘तर, गलत सन्देश जाने भएपछि अरु साथीहरू जानुभयो ।’
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution