शुक्रबार कास्कीसहित प्रदेशमा कतिमा भयाे काेराेना पुष्टि ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ४३ जना पुरुष तथा २९ जना महिला गरी ४२ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८४६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १०१ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ७२ जनासहित गाेरखाका ६ जना, लमजुङका ६ जना, तनहुँका ३ जना, बाग्लुङका ८ जना, स्याङ्जाका २ जना र नवलपुरका ४ जना गरी प्रदेशका ७ जिल्लाका ६० पुरुष तथा ४१ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८५ हजार ७६० पुगेको छ। पछिल्लो २४ घण्टामा ९४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८३ हजार १२४ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३६२ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button