पोखराको फेवाकिनारमा डब्लुएचओ नेपालका प्रमुखसहित “वाक द टक”

पोखरा न्यूज । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को व्यस्त जीवनलाई स्वस्थ राख्ने उद्देश्यका शुरु गरिएको ‘वाक द टक’ कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ ।

डब्लुएचओ नेपालका प्रमुख डा. राजेश समबाजीराव पाण्डव सहितको टोलीले पोखराको बाराहीघाट देखि बङ्लादी सम्मको करिब २ किलोमिटर फुट ट्रयाकका हिँडेर सो कार्यक्रम सम्पन्न गरेको हो । डब्लुएचओका नेपालमा प्रमुख डा.पाण्डवले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्ये शुरु भएको हिँड्दै कुरा गर (वाक द टक) कार्यक्रम व्यस्त जीवनका लागि अपरिहार्य हुँदै गएको बताउनुभयो ।

उहाँले विश्वभरि नै कोभिड १९ को महामारीले मानव जीवनको स्वास्थ्यमा नकारात्मक असर पारेका जनाउँदै स्वस्थ जीवनयापनका लागि शारीरिक व्यायाम महत्त्वपूर्ण हुँदै गएको बताउनुभयो । सोही क्रममा डा. पाण्डवले पोखराको पहिलो पटक आएको अनुभव सुनाउँदै यहाँको प्राकृतिक सौन्दर्यताले आफूलाई निकै लोभ्याएको बताउनुभयो । उहाँले भन्नुभयो “पोखरा निकै सुन्दर लाग्यो, हिमशृङ्खला र ताल तलैया निकै लोभलाग्दो रहेछ ।” उहाँले पोखरामा पहिलोपल्ट ‘वाक द टक’ कार्यक्रम भएको जनाउँदै यसले एक अर्का बिच आत्मीयता र भाइचारा वृद्धि गराउनुका साथै मानसिक स्फूर्ति बढाउने बताउनुभयो । डा. पाण्डवले महामारी अझै पनि निमूर्ल भई नसकेकाले स्वास्थ्य मापदण्ड र सर्तकतालाई हरेक नागरिकले पालना गर्दै  स्वस्थ जीवनयापनमा ध्यान दिन उहाँको आग्रह थियो ।

डब्लुएचओको ७० औँ वार्षिकोत्सवको अवसरमा सन् २०१८ देखि वाक द टक अभियान शुरु भएको हो । यस अभियान नेपालको लुम्बिनी, काठमाडौँ, कर्णाली र जनकपुरमा पनि सम्पन्न भइसकेको डब्लुएचओ नेपालका सञ्चार अधिकृत सुधन ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा आकस्मिक रूपमा स्वास्थ्यमा काम गर्ने डब्लुएओका प्रतिनिधिहरूसँगको रिभ्यु कार्यशाला चलिरहेको छ , सोही क्रममा पोखराका विभिन्न क्षेत्रका व्यक्तिहरू सहितको टोलीले पोखराको फेवा किनारमा हिँड्दै कुरा गर कार्यक्रम सम्पन्न गरेको थियो । उहाँले व्यस्त जीवनलाई स्वस्थ राख्नका लागि हिँड्दै गफ गर्ने र प्रकृतिसँग रमाउँदै एक अर्काबिच कुराकानी गर्दा शारीरिक एवम् मानसिक स्फूर्ति बढ्ने बताउनुभयो ।

पोखरा पर्यटकीय नगरी भएकाले यहाँको पर्यटन प्रवर्द्धनसँगै स्वस्थ जीवनका लागि हिडौ भन्ने सन्देशका दिनका लागि पनि फेवा किनारमा कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ थियो । पदयात्रा अघि कार्यक्रममा सहभागीहरूले फेवा किनारमा योग ध्यान समेत गरेका थिए । डब्लुएचओ प्रतिनिधि सहित पोखराका विभिन्न क्षेत्र र संघ संस्था र प्रतिनिधि सहित करिब ५० जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Great start in Nepllease other cities too , not only in Kathmandu. Thanks WHO for making people health alert

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button