|प्रतिकात्मक तस्बिर
पाेखरा न्यूज । माइत जान हिँडेकी महिला मृत अवस्थामा सल्यानमा फेला परेकी छन् । सल्यानकाे बागचौर नगरपालिका-२ गैरी निवासी अन्दाजी ५४ वर्षीया रामकली खत्री शनिबार साँझ मृत अवस्थामा फेला परेकी हुन् ।
शनिबार करिब साढे ४ बजे माइती जान्छु भनेर घरबाट निस्किएको र घरदेखि करिब एक किलोमिटरको दूरीमा ठाटीचौरको कच्चीबाटोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिनुभयाे ।
घटना शंकास्पद हुन सक्ने भन्दै अनुसान्धानका लागी कोहलपुरबाट तालिमप्राप्त कुकुर ल्याउन लागेको डिएसपी थापाले बताउनु भयाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution