विराटनगरको पहिलो जित, काठमाडौं पराजित

पाेखरा न्यूज । विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग (इपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा विराटनगरले काठमाडौं किङ्स इलेभनलाई ७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो ।

१०५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको काठमाडौं ७९ रनमा रोकियो । निर्धारित ८ ओभरमा काठमाडौंले ३ विकेट गुमाउँदै जम्मा ९७ रन बनाउन सक्यो ।

यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको विराटनगरले ८ ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनाएको हो । निर्धारित समयमा टस हुन नसकेपछि खेल ८ ओभरमा झारिएको हो । राति परेको वर्षाको कारण मैदानको आउटफिल्ड ओसिलो भएपछि खेल ८ ओभरमा छोट्याइएको थियो ।

काठमाडौंको लागि रहमानुल्लाह गुर्बाजले सर्वाधिक २८ रन बनाउनु भयाे ।यस्तै सुभाष खकुरेलले २६ रन बनाउँदा राजु रिजालले २४ र रायल बर्लले १५ रन बनाउनु भयाे ।

विराटनगरको रायन पाठनले २ विकेट लिनुभयाे भने प्रतिश जिशीले एक विकेट लिनुभयाे । यसअघि विराटनगरको लागि अनिल शाहले सर्वाधिक ४५ रन बनाउनु भएकाे थियाे ।

अविजित रहनु भएका अनिलले १६ बल खेल्दै २ चौका र ५ छक्का हिर्काउनु भएकाे थियाे । यस्तै रायन पाठनले ३० रन बनाउनु भएकाे थियाे । ११ बल खेल्नुभएका ओपनिङ ब्याटर रायनले २ चौका र ३ छक्का प्रहार गर्नुभएकाे थियाे। यस्तै यस्तै कप्तान करण केसीले १५ रन बनाउनु भयाे ।

यता टस जितेर बलिङ गरेको काठमाडौंको लागि गुल्शन झा, रायन बर्ल र कप्तान सन्दीप लामिछानेले समान १ विकेट लिनुभयाे ।

जितसँगै विराटनगरले प्रतियोगितामा पहिलो जित निकालेको छ । ५ खेल खेलको विराटनगरको २ अंक प्राप्त गरेको छ । यता, काठमाडौंले २ खेलबाट १ जित र १ हार व्यहाेर्दै २ अंक जोडेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button